PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

फ्राइडे रिलिज : नयाँ दुई नेपाली र एक इन्डियन फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : नयाँ दुई नेपाली र एक इन्डियन फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ। शुक्रबारबाट फिल्म 'डाक्टर खाते' र फिल्म 'मेरी कुसुस' सार्वजनिक भएका हुन्।

सडक बालबालिकाको जीवन कथा समेटेको फिल्म डाक्टर खातेमा आभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे कथा उठाएको छ। साथै गलत बाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन पनि सकिन्छ भन्ने सन्देश यो फिल्मले दिने यसकी निर्माता एवं अभिनेत्री रोशनी केसीले बताइन्। रवि अर्याल निर्देशित फिल्मले सिङ्गल थिएटरहरुमा सो पाएको छ। मोफसलका तीन दर्जन र राजधानीका एक दर्जन गरी चार दर्जन सिनेमा हलमा फिल्म प्रदर्शनरत छ।

त्यस्तै एन.आर घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म मेरी कुसुमले पनि सिंगल थिएटरमा मात्र सो पाएको छ। सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। दिव्य सुवेदीको छायांकन, टंक बुढाथोकीको संगीत छ। प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ।

बलिउड तर्फ भने फिल्म 'मुन्ना माइकल' नेपालको लागि पनि सार्वजनिक भएको छ। फिल्ममा टाइगर सर्फ, चेतना पाण्डे र नवाजुद्दिन सिद्दिकीको मुख्य अभिनय रहेको छ। सबिर खान निर्देशित फिल्मले मल्टिप्लेक्स साथै सिंगल स्क्रिनमा पनि शो पाएको छ। यो एक्शन डान्स फिल्मलाई विकी राजनी र सुनिल लुल्लाले निर्माण गरेका हुन्।

यो साता नयाँ हलिउड फिल्म नेपालमा प्रदर्शन भएको छैन। अधिकांश मल्टिप्लेक्समा गत साता नै प्रदर्शनमा आएको नेपाली फिल्म म यस्तो गीत गाउँछु, हिन्दी फिल्म जग्गा जासुस र हलिउड फिल्महरु स्पाइडरम्यान होम कमिङ र वार फर द प्लानेट फर ल एप्सको प्रदर्शन जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell