PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

'रकस्टार' ल्याए गायक सुदिप थकालीले



पहिलोपोस्ट

'रकस्टार' ल्याए गायक सुदिप थकालीले

काठमाडौँ: गायक सुदिप कुमार थकालीको पहिलो गीति एल्बम 'रकस्टार' सार्वजनिक भएको छ। लामो समय देखि जापान बस्दै आएका थकालीको यो पहिलो एल्बम हो।

बिहिबार काठमाडौँमा कार्यक्रम आयोजना गरी उनको एल्बम सार्वजनिक गरिएको हो। संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संगीतकार प्रदिप बम्जन, संगीता प्रधान तथा संगीतकार राम सिटौलाको उपस्थित रहेको थियो। एल्बममा सात गीत समावेश छन्। जसमा गायक सुदिप कुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द तथा संगीत रहेको छl

कार्यक्रममा रकस्टार एल्बमको 'उडी जाने पंछी' बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरियो। भिडियोमा नायिका तथा मोडल सुष्मा कार्की र निरन्जन प्रधानको फिचरिङ रहेको छ। म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका हुन्l

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell