PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

चार वर्षपछि कालो सूचीबाट बाहिर निस्कियो नेपाल, अब नेपाली जहाज युरोपियन आकाशमा उड्न पाउने



उमेश पौडेल

चार वर्षपछि कालो सूचीबाट बाहिर निस्कियो नेपाल, अब नेपाली जहाज युरोपियन आकाशमा उड्न पाउने

काठमाडौं : युरोपेली युनियनले विगत चार वर्षदेखि उड्ययन क्षेत्रमा लगाएको कालोसूचीबाट नेपाल बाहिरिने भएको छ।

अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था ९आइकाओ० को टोलीले गरेको सेफ्टी अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गरेपछि नेपाल कालोसूचीबाट मुक्त हुने निश्चित भएको हो। यसले औपचारिकता भने इयुलाई पत्र लेखेपछि हुने छ।

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) उच्च स्रोतका अनुसार गत साता अडिटका लागि आएको आइकाओ टोलीले ‘पोजेटिभ सिग्नल’ दिएर गएको थियो।

‘हाम्रो निरन्तरको अथक मिहिनेतको फल प्रप्त भएको छ,’ क्यान उच्च स्रोतले भन्यो, ‘अडिट टोलीले दुई हप्ताअघि नै प्राधिकरणको टोलीसँग छलफल गर्दा राम्रो रिजल्ट आउने जानकारी गराएका थिए, सोहि अनुसार भएको छ।’

नेपाल आएर आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमन्ड बोहल्यान्डले चार दिन लगाएर अडिट गरेका थिए।

‘यसपाली हाम्रो मिहिनेतले राम्रो प्रभाव परेको छ,' स्रोतले भन्यो, ’इयूको आधारभूत मापदण्ड पूरा भएको छ अब नेपाली जहाजहरु युरोपमा उडान गर्न सक्छन्।’

यससँगै अब नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले युरोपको उडान गर्न पाउनेछन्।
 
प्रतिवेदन प्राप्त भएसँगै प्राधिकरणले युरोपेली आयोगलाई उनीहरूको ‘हवाई सुरक्षा सूची’बाट नेपाललाई हटाउन आग्रह गर्नेछ।

नेपालको आकाश अडिट गर्नुपूर्व आइकाओले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग करिब १० हजारभन्दा धेरै प्रश्नहरु सोधेको थियो। ती प्रश्नहरुको चित्तबुझ्दो जवाफ पाएपछि उसले दुईजना प्राविधिक कर्मचारीलाई नेपाल पठाएर स्थलगत अध्ययन गराएको हो।
 
आइकाओका प्रतिनिधिले प्रधिकरणको ऐन, नियम तथा कानूनहरुको पालना गरेका छन् कि छैनन् भनेर नेपालका केहि एयरलाइन्स कम्पनीहरुको मिहिन तथा स्थलगत अध्ययन गरेको थियो। त्यहाँ उनीहरुले एयरलाइन्सहरुको काम राम्रो र सन्तुष्ट हुने आधारहरु प्रशस्त रहेको बताएका थिए।
 
इयूले नेपाली हवार्इ उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको जनाउँदै सन् २०१३ मा कालोसूचीमा राखेको थियो। यो निर्णयसँग नेपालको हवार्इ कम्पनीले युरोपेली मुलुकमा उडान भर्न पाउँदैन भने संयुक्त राष्ट्रसंघ लगायतका निकायले भाडामा समेत लिन रोकेका छन्।

कालोसूचीका कारण नेपालको हवार्इ उड्ययन क्षेत्रको छबि विश्वमै धुमिल बनेको छ।
 
इयूको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, वुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स परेका छन्।

इयुले नेपालसहित अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराक लगायतका देशहरुलाई कालोसूचीमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell