PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

प्रदेश नम्बर २ को निर्वाचनकाबारेमा शंका नगरौंः प्रमुख आयुक्त यादव



रासस

प्रदेश नम्बर २ को निर्वाचनकाबारेमा शंका नगरौंः प्रमुख आयुक्त यादव

गौशाला : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । 

महोत्तरीको गौशालामा आयोजित पत्रकार भेटघाटमा प्रमुख आयुक्त यादवले प्रदेश नम्बर दुईका ८ जिल्लामा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे।

उनले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell