
ग्रीसः ग्रीसको द्वीपीय क्षेत्र अर्थात् ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ।
शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन्।
भूकप्पमा परी मृत्यु भएका दुवै विदेशी नागरिक भएको बताइएको छ। अरु कैयौँ घाइते नागरिकको उद्दार जारी छ।
टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०ं३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ।
गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो। ६.३ म्यानिच्युडको भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए। रासस/एएफपी