PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

छक्कापञ्जा २ को पहिलो गीत, ४ घण्टामा १ लाख बढी हिट्स



पहिलोपोस्ट

छक्कापञ्जा २ को पहिलो गीत, ४ घण्टामा १ लाख बढी हिट्स

काठमाडौं: फिल्म छक्कापञ्जाको सिक्वेल 'छक्कापञ्जा-२'को शिर्ष गीत सार्वजनिक भएको छ। फिल्म युनिटले शुक्रबार बिहान कार्यक्रम आयोजना गरी 'ए दाजु नसमाउ' बोलमो गीत हाइलाइट् नेपालको आधिकारि युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरेको हो।

फिल्म युनिटको यसअघिका फिल्महरु वडा नं छ र छक्कापञ्जा दुबैको लोक भाका 'सुर्के थैली खै' र 'पूर्व पश्चिम रेल' गीतहरुले करोड प्लस भ्युज बटुलेका थिए। त्यसैले पनि छक्कापञ्जा २ को गीतले दर्शक स्रोतामा कस्तो असर गर्छ भन्ने कुराले केही हदको प्रभाव पक्कै पार्छ।

शुक्रबार सार्वजनिक गीतमा भने गीतमा प्रिन्स र दिपराज गिरीको शब्द रहेको छ। गीतमा संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीले संगीत दिएका छन्। गीत सार्वजनिक भएको चार घण्टामा एक लाख दश हजारभन्दा बढी पटक हेरिएको छ।

दीपाश्री निरौलाकै निर्देशनमा बनेको फिल्मको लेखन र निर्माण दिपकराज गिरीले गरेका हुन्। फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, शिवहरी पौडेल, ज्योसना लगायतका कलाकारको अभिनय रहेको छ। आउँदो असोज ११ गतेलाई फिल्म रिलिज टार्गेट गरिएको छ।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell