PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विदेशीको नाममा नक्कली फेसबुकबाट ५५ लाख ठग्ने स्वदेशी प्रहरीको फन्दामा



पहिलोपोस्ट

विदेशीको नाममा नक्कली फेसबुकबाट ५५ लाख ठग्ने स्वदेशी प्रहरीको फन्दामा

काठमाडौं : दाङ लमहीकी सुजाता केसी पौडेललाई बेलायती नागरिक बनेर ५५ लाख ८५ हजार रुपैयाँ ठगी गर्न सफल दिनेश बस्नेत र सुमन लामा र रवि थोकर अन्तत: प्रहरीको फन्दामा परेका छन्।

ललितपुर धोविघाटका दिनेश बस्नेत, हेटौडा घर भइ हाल लाजिम्पाट बस्ने रवि थोकर र लगनखेल बस्ने पुरन घर्ती भनिने सुमन लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले समातेको हो।

पौडेलसँग सामाजिक सञ्जालबाट मित्रता अघि बढाएर एक वर्षदेखि पटक पटक गरी उनीहरुले ५५ लाख ८५ हजार रुपैयाँ ठगेको प्रहरीको दावी छ। 
उनीहरुले 'बेलायती नागरिक हुँ' भन्दै फेसबुकमा साथी बनाएर ठगीको सुरुवात गरेका थिए। त्यसपछि ह्वाटस एपबाट कुराकानी हुँदै आएको थियो। उनीहरुको जालोमा पर्दै आएकी सुजाताले उनीहरुले भनेअनुसार रकम पठाएकी थिइन्।  बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट १७ लाख अमेरिकी डलर पठाएको भन्दै उनीहरुले कर तिर्नका लागि रकम माग गरेका थिए। प्रलोभनमा सजिलै परेकी सुजाताले उनीहरुले भने बमोजिम रकम पठाएकी मनी ट्रान्सफर गरेकी थिइन्।

अभियुक्तहरुविरुद्ध ठगी मुद्दा चलाइने तयारी प्रहरीले गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell