
नवलपरासी : बसको ठक्करबाट नवलपरासीमा एक जना साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा बस्ने १९ वर्षीय तेजराम थापा छन्। ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दैलेखबाट काठमाडौंका लागि छुटेको ना ४ ख ३१९४ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित कांग्रेसचोकमा बाटो काट्ने क्रममा थापालाई ठक्कर दिएको थियो।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस