PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पौडेल मृत्युको थप अनुसन्धानको जिम्मा बागलुङ प्रहरीलाई



रासस

पर्वत  : स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको थप अनुसन्धानका लागि पर्वतबाट बागलुङ जिल्ला प्रहरी कार्यालय पठाइएको छ। 

पर्वत जिल्ला प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न सकेको थिएन। गत जेठ २५ गतेदेखि बेपत्ता भएका पौडेलको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका– ८ बेलवगरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको थियो। 

पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्त लगायतका कागजात पर्वत जल्ला प्रहरीमा प्राप्त भइ अनुसन्धान गरिरहे पनि सत्य –तथ्य व्यहोरा थाहा हुन नसेकेकाले बागलुङ नै पठाइएको बताइएको छ। 

शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र दुईजना अभिभावकसहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएका थिए।

पर्वत प्रहरीले सङ्कस्पद तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहे पनि पनि कुनै तथ्य फेला पार्न सकेको थिएन।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell