PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

यसकारण  बिपीको निवासलाई संग्रहालय बनाउनुपर्छ



रासस

यसकारण  बिपीको निवासलाई संग्रहालय बनाउनुपर्छ

काठमाडौँ : नेपाली कांग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन्। 

नेपाल ट्रेड युनियन काठमाडौँले आज कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बिपीलाई सम्झने र सत्तामा पुगेपछि बिपीलाई बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गरे। 

उनले बिपीको योगदानलाई कांग्रेसले उच्च मूल्यांकन गर्न नसकेको बताए।

विश्वेश्वरप्रसाद कोइरालाको बारेमा विद्यावारिधी गरेका प्राडा कृष्णप्रसाद दाहलले बिपी सात वर्षको कलिलो उमेरदेखि राजनीतिमा लाग्नुभएको स्मरण गराउँदै बिपीको योगदानलाई बिर्सन नहुने बताए। 

उनले नेपालका नेता बिपीको अमेरिकामासमेत शालिक रहेको बताउँदै उनी  अन्तर्राष्ट्रिय नेता भएको उल्लेख गरे। 

कांग्रेस नेता लोकेश ढकालले कांग्रेसले पछिल्लो समय बिपी कोइरालाको सिद्धान्त र आदर्शलाई बिर्सँदै गएको आरोप लगाए। 

२००३ सालमा नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बिपी २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनको २०३९ साल साउन ६ गते आजैको दिन निधन भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell