PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अत्याधिक गर्मीका कारण नेपालगञ्जको जनजीवन प्रभावित



रासस

नेपालगञ्ज : असारको तेस्रो सातादेखि नेपालगञ्जमा पानी नपर्दा  गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ। 

अत्यन्त चर्को घामले  सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ। 

गर्मी महिना सुरु भएयता नेपालगञ्जमा अहिलेसम्म ठूलो मनसुनी झरी पर्न सकेको छैन।  

गर्मी बढेसँगै यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ। 

पानी नपर्दा बाँके जिल्लामा धान रोपाइँसमेत प्रभावित भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन। 

अत्यधिक गर्मीका कारण घाउखटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन्। 

यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell