
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षा कमल थापाले संशोधन प्रस्तावमा राप्रपा सकारातमक भएको बताएका छन्।
केन्द्रीय समिति बैठकको समापनपछि आज पत्रकार सम्मेन गरी अध्यक्ष थापाले संविधान संशोधन विधेयकमा केही ‘कन्फ्युजन’ रहेको भन्दै त्यसलाई हटाउन केन्द्रीय समिति बैठकमा प्रेनेटेरसन नैं राख्नुपरेको बताए।
‘संविधान संशोधन प्रस्ताव सकारात्मक हुँदा हुँदै पनि त्यसमा केही कन्फ्युजनहरु सृजना गरिएका थिए, त्यसबाट हाम्रो पार्टीमा केही गलत बुझाइहरु थिए,’ अध्यक्षा थापाले भने, ‘अब ती कन्फ्युजन पार्टीमा हटेका छन्।’
उनले संविधान संशोधनसहितका विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय समितिले कार्यसम्पादन समितिलाई दिएको भन्दै अब त्यहीबाट संशोधनका विषयमा निर्णय लिने बताए।
‘अब पार्टीले संशोधन प्रस्तावमा समर्थन गर्दा एक ढिक्का हुन्छ’ अध्यक्ष थापाले भने। यस अघि गत बैसाखमा संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्न लाग्दा राप्रपाका १३ सांसद् विना सूचना हराएपछि कार्यसूची नैं स्थगित गर्नुपरेको थियो।
राप्रपा केन्द्रीय समिति बैठकले सरकारमा जाने विषयमा अनुमति दिदै निर्णय लिने अधिकार कार्यसम्पदान समितिलाई दिएको छ। केन्द्रीय सम्पदान समितिबाट निर्णय लिदा हल्का हुने भन्दै सरकारको आग्रह र सत्तामा आफ्नो साझेदारीका आधारमा केन्द्रीय कार्यसम्पदान समितिले निर्णय लिनेगरी अनुमति दिएको हो।
कार्यकर्ता भूलाउन संविधान संशोधन प्रस्ताव
राप्रपाले आफ्ना नेता कार्यकर्ता र जनतालाई पनि पार्टीले लाइन नछोडेको देखाउन संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।
‘पार्टीका तर्फबाट धर्मनिरपेक्षाता खारेजी गरी हिन्दु धर्म कायम गर्नका लागि संसद्मा दर्ता गरेको प्रस्ताव अघि बढाउन संसदीय दललाई निर्देशन दिएको छ,’ संसदीय दलका नेतासमेत रहेका अध्यक्ष थापाले भने।
एकातिर संविधानप्रति प्रतिबद्ध छौं भन्ने अर्कातर्फ संविधान नैं संशोधन गर्ने ? भन्ने प्रश्नमा अध्यक्ष थापाले संविधान सबै विषयका लागि लचक भएका कारण त्यो लचकतालाई समर्थन गरेको तर विषयमा असहमति नैं रहेको बताए।
‘यो संविधानका जुनसुकै विषय दुई तिहाइबाट संशोधन गर्न सकिन्छ,यसमा भएका सबै विषयमा त्यो प्रवाधान भएकाले हामीले संविधानको त्यो लचक पनलाई आत्मसाथ गरेका हौं,’ अध्यक्ष थापाले भने, ‘त्यसैले हामीले संशोधन प्रस्ताव लगेका हौं।’
तर, उनले गणतन्त्र, राष्ट्रिय अखण्डतालगायतका विषय असंशोधनीय रहेको कुरामा भने मौन बसेका थिए।
थापाले पार्टीमा केन्द्रीय सदस्यको मनोनयन एकलौटी गरेको विषयमा धेरे पटक जवाफ नदिए पनि अन्त्यमा त्यो अध्यक्षको अधिकार भएको र त्यति ठुलो चासोको विषय पनि नभएको बताए।
वरिष्ठ नेता पशुपतिशमशेरले विज्ञप्ति जारी गरेर असहमति राख्दै बैठक बहिस्कार गरेपनि उनले विरामी भएका कारण मात्र राणा बैठकमा सहभागी नभएको जवाफ दिए।