
झापा : झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
हर्चनाबाट बिर्तामोड गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ्यान आपसमा ठोक्किंदा मोटरसाइकल चालक कृष्ण थापाको मृत्यु भएको हो।
मोटरसाइकलमा सवार गोविन्द चौधरी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। रासस