काठमाडौं: असार ३० गते शुक्रबारबाट प्रदर्शनमा आयो फिल्म 'सायद २'। हिट फिल्म सायदको सिक्वेलले अपेक्षा अनुरुप फिल्म चलेन। फिल्म सार्वजनिक भएको एक हप्ता पनि नबित्दै साउन १ गते आइतबार निर्माता सुनिल रावलले फेसबुकमार्फत लाइभ गरे। 'सायद २' नचल्नुको आक्रोश उनले कलाकारहरुलाई दोष दिए। भने,'अब मेरो फिल्महरुमा नयाँ कलाकारलाई ढोका बन्द।'
उनले फेसबुकमार्फत नयाँ कलाकारको लागि ढोका बन्द भएको घोषणा गरे पनि सायद २ का कारण निम्तिएको वादविवाद बन्द भएन। उल्टै चुलियो। फिल्म पत्रकारहरुसँग सुनिल रावलले 'स्यारोनले मेरो एक करोडमा मोज गरिन्', 'यस्तोलाई सबक सिकाउनु पर्छ' भनेकोमा स्यारोनले आपत्ति जनाइन्।
उनले आफूमाथी हिंसा भएको आरोप लगाएकी हुन्। स्यारोनले कलाकारहरुलाई फिल्न नचल्नुको कारण बताउनु बेठिक भएको समेत जनाइन्। एक अन्तर्वातामा उनले सुनिल रावलले आफूसँग माफी माग्नु पर्ने भनेकी छिन्। 'फिल्मको कारण आफ्नो परिवारमा नकारात्मक संदेश गएको छ। त्यो राम्रो भएन।' स्यारोनले सुनिल रावलले आफूलाई आफ्नो प्रेमिका बने एभिएशनमा काम लगाइ दिने लोभ देखाएको समेत सुनाइन्। भनिन्,'पछि उहाँले सरी मैले जोक मात्र गरेको हुँ भन्नु भयो।'
सुनिल रावलले यस विषयमाथी ठूलोपर्दा टिभीसँग भनेका छन्,'म एयरलाइन्सको मान्छे होइन, फिल्मको मान्छे हुँ। मैले उनले फिल्म प्रचारको लागि साथ नदिएकोले गर्दा मात्र उनी रहर पुरा गर्न फिल्म खेलिन् भनेको मात्र हुँ।'
स्यारोनले व्यक्तिगत तर्फबाट पनि शुक्रबार फेसबुकमार्फत स्पष्टिकरण दिएकी छिन्। उनले सुनिल रावललाई आफूलाई फिल्म खेल्ने मौका दिएकोमा धन्यवाद भन्दै लेखिन्,'मैले आँट गरेर सत्य बाहिर ल्याएकी छु। साथको आश गरेकी छु। मलाई आज यस्तो हुँदा साथ नदिए पनि ठिकै छ। तर भोली मलाई जस्तै दुर्व्यवहार फिल्म इन्डस्ट्रीको कसैलाई नहोस्।'
स्यारोन र सुनिल रावल बिच को सहि को गलत भन्ने बारे सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहँदा सुनिल रावलले डेब्यु गराएकी अर्की अभिनेत्री प्रकृती श्रेष्ठले पनि सुनिल रावललाई आरोप लगाउँदै फेसबुक स्टाटस पोस्ट गरेकी छिन्। प्रकृतीले लेखेकी छिन्,'त्यससमय म मेरफ करियर बिग्रिने डरले सुनिल रावलको बिरोध गर्न सकिंन। स्यारोन तिमीले बोल्यौ धन्यवाद। म तिम्रो साथ छु।'