PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

‘प्रेमगीत २’को साइबर सुरक्षा छलफल



पहिलोपोस्ट

‘प्रेमगीत २’को साइबर सुरक्षा छलफल

काठमाडौं: फिल्म ‘प्रेमगीत २’ युनिटले फिल्मको साइबर सुरक्षा बारे छलफल कार्यक्रम आयोजना गर्यो‘। फिल्म क्षेत्रमा बढ्दो पाइरेसी र डिजिटल राइट्स दुरुपयोग न्यूनिकरण बारे फिल्म युनिटले रिपोर्टर्स क्लबमा अन्तरक्रिया आयोजना गरेको हो। कार्यक्रममा नेपाली फिल्म र साइवर सुरक्षामाथि छलफल भयो।

प्रेमगीत पाइरेसी देखि प्रेमगीत २को गोप्य फोटो लिकसम्मको साइवर बुलिङको शिकार भएको ‘प्रेमगीत २’ युनिटले नेपाली फिल्म इन्डस्ट्रीमा सरोकार निकायबाट विश्वस्तता खोजेको हो। कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्मलाई प्रतिलिपि अधिकार उल्लंघनका मुद्दाबाट जोगाउन संस्था सचेत रहेको बताए। भने,'संघमा रहेको साइवर सेललाई सक्रिय तुल्याउने छौं। प्रेमगीत २को हकमा पनि सम्भावित समस्या हुन नदिने प्रयास गर्छौं।'

कार्यक्रममा प्रेमगीत २ अभिनेत्री अश्लेषा ठकुरीले नेपालगंजमा आफ्नो वार्डरोव मलफङ्सनलाई सामाजिक संजालले अतिरञ्जित तरिकाले उचालिएको बताइन्। ‘यथार्थभन्दा बढी बनाइयो’ उनले भनिन्, ‘यो पनि साइवर अपराधकै एक उदाहरण हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell