PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

लेबनानी र सिरियाली सीमामा सैनिक कारबाही सुरु



रासस

लेबनानी र सिरियाली सीमामा सैनिक कारबाही सुरु

बेरुत : सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले सिरिया र लेबनानको सीमा क्षेत्रमा संयुक्त रुपमा भीषण सैनिक कारबाही सुरु गरेको छ। 

शुक्रबारबाट सुरु भएको कारबाहीलाई केही दिनसम्म नै सशक्त बनाइने  संयुक्त सैन्य कमाण्डरले जनाएका छन्। 

यसबाट लामो समयबाट दुई देशको सीमामा सयौँ आतङ्ककारीले जारी राखेको तनाव अन्त्य हुने अनुमान गरिएको छ। 

त्यस इलाकामा रहेका लडाकूलाई यसअघि नै सो क्षेत्र छोड्नका लागि सम्झौता भएकोमा  सम्झौता विफल भएपछि कारबाही सुरु भएको छ। 

गत मङ्गलबार लेबनानका प्रधानमन्त्री सआद हारिरीले सिरियासँगको सीमानामा रहेको इलाकामा सैनिक कारबाही सुरु गर्न देशका सैनिकहरुले तयारी गरिरहेको बताएका थिए। 

त्यसैगरी हेज्बोल्लाहका नेता शैख हसन नसराल्लाहले गत हप्ता लेबनान र सिरियाली सेनाले सीमा इलाकाबाट आतङ्ककारीलाई हटाउनको लागि संयुक्त कारबाही गर्ने बताएका थिए। 

सिरियाली सरकारको नियन्त्रणमा रहेको सैंनिक सञ्चारमाध्यमले कारबाही शुक्रबार बिहानबाट सुरु भएको बताएको थियो। 

लेबनानी सहर एर्साल र सिरियाली सहर फ्लेएटामाको बाहिरी इलाकामा कारबाही सुरु गरेको सेनाले जनाएको छ। रासस/एपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell