PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

ला लिगाको खेल तालिका सार्वजनिक, 'एल क्लासिको' कहिले?



पहिलोपोस्ट

ला लिगाको खेल तालिका सार्वजनिक, 'एल क्लासिको' कहिले?

विश्वका विभिन्न देशका फुटबल लिग सुरु हुन अब एक महिना बाँकी छ। यसै क्रममा स्पानिस ला लिगाको सन् २०१७/१८ को लागि खेल तालिका सार्वजनिक भएको छ

आगामी अगस्ट २० बाट सुरु हुने लिगमा साविक विजेता रियल मड्रिडले पहिलो खेल खेल्न डपोर्टिभा ला कुरानाको भ्रमण गर्नेछ। यस्तै गत सिजनको उपविजेता बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिससँग खेल्दै ला लिगाको यात्रा सुरु गर्नेछ।

रियल र बार्सिलोनाबीच हुने चर्चित एलक्लासिकोका खेलहरु म्याच डे १७ र म्याच डे ३६ मा हुनेछ। जसअनुसार पहिलो चरणको खेल २०१७ को डिसेम्बर २० मा रियलको मैदान सान्टियागो वर्नावेउमा हुनेछ। दोस्रो खेल भने २०१८ को मे ६ मा बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा हुनेछ।

प्रि सिजन टुर अन्तर्गत हाल अमेरिकामा रहेका दुई स्पानिस जायन्ट्स बीच आगामी बिहिबार इन्टरनेशनल च्याम्पियन्स कपमा प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell