
बनेपा : काभ्रेपलाञ्चोकको बनेपामा शुक्रबार एकै परिवारका चार जनाले आत्महत्या गरेका छन्।
बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् ।
आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरी हुन्। आफन्तका अनुसार छोरीको बिहेका विषयमा विवाद हुँदा सो घटना भएको थियो।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । भित्रबाट ताल्चा लगाएर उनीहरुले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ। रासस