PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

प्रकाशशरण महतले भने-कांग्रेसभित्रकै अन्तरघात ठूलो रोग



रासस

प्रकाशशरण महतले भने-कांग्रेसभित्रकै अन्तरघात ठूलो रोग

धुलिखेल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले निर्वाचनमा व्यक्तिगत स्वार्थको भीड बढेकाले पार्टी हारेको बताएका छन्। 

नेपाली कांग्रेस बनेपा नगरसमितिद्वारा ३५औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित ‘बिपी विचार एवं सांस्कृतिक कार्यक्रम’मा महतले कांग्रेसभित्रकै अन्तर्घात ठूलो रोग भएको बताए।

विपक्षीभन्दा आफ्नै आन्तरिक कारणले कांग्रेसको हार भएकाले अब तत्कालीन लाभलाई छोडेर दीर्घकालीन लाभ लिने प्रण गरी पार्टीलाई अगाडि बढाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे।  रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell