PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

स्कूल, कलेजबाट फिल्म ‘सामान’को प्रदर्शन सुरु



पहिलोपोस्ट

स्कूल, कलेजबाट फिल्म ‘सामान’को प्रदर्शन सुरु

काठमाडौं: फिल्म ‘सामान’को प्रदर्शनमा आउने भएको छ। फिल्मको सुरुवाती प्रदर्शन विद्यार्थहरुको लागि हुने भएको हो। बिजय बिष्फोटको निर्देशनमा तयार भएको लघु फिल्मले मानव अधिकार र वैदेशिक रोजगारको विषय उठान गरेको छ।

फिल्म देशका सबै जिल्लाका स्कूल कलेजहरुमा पुर्याउने युनिटको लक्ष्य रहेको छ। फिल्मो पहिलो प्रदर्शन काठमाडौं मण्डीखाटारको काष्ठमण्डप विद्यालयबाट सुरु भएको छ। विदेशबाट ल्याइने लासहरु नेपाल सम्म ल्याइपुर्‍याइने अफ्ठ्यारा र प्रक्रिया फिल्मको मुख्य विषय हो।

सामानमा कलाकारहरुमा यसबी शाही, ज्योति राई, शंकर मैनाली, रोहानी लामा, दिलिप खड्का, राज भट्टराई, सरस्वति अधिकारी, नरेश भुर्तेल, सरिता शाह, कृष्ण शर्मा, कमल गिरी आदिको अभिनय रहेको छ। फिल्मको कथा/पटकथा स्वयम् निर्देशक बिजय बिष्फोटले नै लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell