
भक्तपुर : मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनिको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुर आइरहेको बा २ क १२१३ नम्बरको टिपरले बा ७७ प ४२२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
टिपरको ठक्करबाट काठमाडौं कीर्तिपुर बस्ने १८ वर्षीया अश्मी सुनारको मृत्यु भएको हो।
घाइते मोटरसाइकल चालक हरि गहतराजको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले टिपर चालक भक्तपुर नगरपालिका– ९ का जीवन ज्याठालाई नियन्त्रणमा लिएको छ। रासस