PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

किन दिए अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले राजीनामा ?



रासस

किन दिए अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवले राजीनामा ?
फोटो श्रोतः rollingstone.com

वासिङ्टन  : अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले  पदबाट राजीनामा दिएका छन्। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उनले राजीनामा दिएका सञ्चार माध्यमले जनाएका छन्। 

सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले असहमति जनाउँदा जनाउँदै पनि राष्ट्रपति ट्रम्पले एन्थोनीलाई सञ्चार निर्देशकका रुपमा नियुक्त गरेका थिए। इस्पिसरले एन्थोनीको मातहतमा रहेर काम गर्नुपर्ने व्यवस्था भएको थियाे । 

ट्रम्पको कार्यकाल सुरु भएदेखि प्रेस सचिव रहेका बेला उनी धेरै विवादमा परेका थिए। कतिपय पत्रकार सम्मेलन अशिष्ट, अभद्र र अव्यवस्थितसमेत भएका थिए। 

नवनियुक्त सञ्चार निर्देशक स्कारमुक्की राजनीतिक तथा आर्थिक मामिलामा चर्चित व्यक्तित्व हुन्। उनले धेरै बैंक तथा आर्थिक संस्थामा काम गरिसकेका छन्। ५३ वर्षीय स्कारमुक्की सिएनएनमा पनि आवद्ध थिए । रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell