PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

यसरी बनाईँदै छ बुटवलको मुख्य सडकलाई ६ लेनको 



पहिलोपोस्ट

यसरी बनाईँदै छ बुटवलको मुख्य सडकलाई ६ लेनको 

  • चन्द्रकान्त खनाल
रुपन्देहीः बुटवलदेखि वेलहियासम्म ६ लेनको सडक बिस्तारको कार्य तीब्र रुपमा अघि बढेकाे छ। बुटबलको चौराहदेखि बेलहियासम्मको सडक बिस्तार कार्य भइरहेको छ भने बुटवलमा पनि  सडक निर्माणलाई प्राथमिकतामा राखी काम सुरु भएको छ।

बुटवलको मुख्य सडक ४ लेनको रहेकोमा अब चौराहाबाट चिडियाखोलासम्मको सडक ६ लेन बनाउने तयारी सुरु भएको छ। यस सडक खण्डमा पर्ने घर टहरा हटाउन सम्वन्धित व्यक्तिलाई  आयोजनाले अनुरोध गरेको छ।

 व्यापारिक मार्ग आयोजनाले विस्तार गर्न लागेको लागेको सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन विगतदेखि नै अनुरोध गर्दै आएकोमा निकै कम मात्रले घर टहरा हटाएपछि आयोजनाले भदौ ५ गतेसम्मको समयसीमा तोकेर घर टहरा हटाउन अनुरोध गरेको छ।

 आयोजनाका इन्जिनियर लिलावहादुर भण्डारीका अनुसार यस क्षेत्रमा ३ सय ११ वटा त्यस्ता घर टहरा हटाउनुपर्ने छ। समयसीमा भित्र नहटाएमा आयोजनाले हटाएर काम अघि बढाउने तयारी थालेको छ।

 सडकको केन्द्रदेखि २५ मिटर दायँबाया भित्र पर्ने घर टहरा कम्पाउण्डलगायतका स्थायी, अस्थायी संरचना हटाउन अनुरोध गरिएको आयोजनाले जनाएको छ। 

आयोजनाले २०३४ साल असार २० भन्दा अघि निर्माण भएका घर रहेमा घरधनीहरुलाई सप्रमाण आवश्यक कागजातहरु संलग्न राखी आयोजनामा निवेदन दिन पनि आग्रह गरेको छ।

बुटवलमा करिव साढे तीन किलोमिटर सडकलाई ६ लेनको बनाउन लागिएको छ। ४७ करोड रुपैयाँको लागतमा बुटवलको मुख्य सडकलाई ६ लेनको बनाउन लागिएको हो। जुन काम सम्झौता भएको ३० महिना भित्रमा सम्पन्न हुने बताइएको छ। 

हाल यो सडक ४ लेनको छ। यसलाई ६ लेनको वनाउँदा बीचको सडक नभत्काइ काम थालिने र सडक विस्तारका क्रममा खानेपानीका पाइप लाइन पनि व्यवस्थित गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।

यता, बुटवल बेलहिया सडक निकै आकर्षक बनाउने गरी काम भएको छ। यो सडक विस्तारको काम जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell