
पोखराः आर्थिक अभाव र गरिबीका कारण समाजमा शिक्षा लिनबाट बन्चित भएका मेधावी छात्रछात्रालाई अध्ययन गराउनका लागि थालिएको ‘पढाउ अभियान’को अध्यकोषमा रकम जम्मा हुन थालेको छ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७÷ ०१८ काा लागि घोषणा गरेका १०० कार्यक्रम मध्येको महत्वपूर्ण कार्यक्रमको रुपमा अघिसारिएको पढाउ अभियानको अक्ष्ययकोषमा रकम जम्मा हुन थालेको हो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले लायन्स क्लव ईन्टरनेशनल ३२५ बी १ नेपालको क्लास्टर ३ को पदस्थापन समारोहलाई सम्वोधन गर्दै पढाउ अभियान अत्यन्त महत्वपूर्ण रहेकोले यस अभियानमा आफ्नोतर्फबाट ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताए।
गैर लायन्सहरु पनि सहभागी हुन सक्ने यस अभियानमा अध्यक्ष पालिखेले आफ्ना पिता स्वर्गीय दयाशंकर पालिखेको नाममा ‘दयाशंकर स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापनाको घोषणा गरेका हुन्।
अक्षयकोषमार्फत प्रत्येक वर्ष पालिखेको सिफारिसमा जम्मा गरिएको रकमको वाार्षिक ब्याजबाट प्राप्तहुने रकम गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिवापत प्रदान गरिने छ।
पढाउ अभियानका प्रमुख चन्द्रकुमार केसीले अहिलेसम्म गैरलायन्सबाट स्वर्गीय आफन्तको स्मृतिमा छात्रवृत्तिका ३० लाख रुपैयाँ भन्दाबढी रकम जम्मा गरेका जानकारी दिए।