PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ललितपुरको चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन



रासस

ललितपुर : आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ। 

बस सेवा उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सञ्चालन गरेको बताए।

उनले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन नसक्ने भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिए । 

सर्वसाधारणलाई थप सेवा पुर्याउने उद्देश्यले साझा यातायातसँग नगरपालिकाले १० लाखको शेयर लिने योजना रहेको पनि प्रमुख महर्जनले बताए। 

बज्रवाराही यातायात सेवा प्रालिद्वारा सञ्चालित बस सेवा नियमित र दु्रत गतिमा हुने प्रालिका अध्यक्ष मनोजकुमार महर्जनले बताए। 

सर्वसाधारणलाई ध्यानमा राख्दै पाँचवटा बसबाट सेवा सञ्चालन गरेको जानकारी दिदैं उनले आगामी एक वर्षभित्र २५ वटा बस थप्ने योजना रहेको बताए। 

बसभित्र सिसी टिभी र टिभीको सुविधासमेत रहेको छ भने प्रतियात्रु भाडा २५ रुपैयाँ ताेकिएकाे छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell