PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

पूर्वराष्ट्रपति यादवले भने–श्रमिक आन्दोलनमा गिरिजाबाबुको योगदान महत्वपूर्ण



रासस

पूर्वराष्ट्रपति यादवले भने–श्रमिक आन्दोलनमा गिरिजाबाबुको योगदान महत्वपूर्ण

काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका छन्। 

गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएका बताए। 

यादवले भने,‘गिरिजाबाबु जनताले सहजरुपमा स्वास्थ्य सुविधा पाओस् भन्ने व्यक्ति हुनुहुन्थ्यो।’ उनले मुलुकको परिवर्तनमा श्रमिक आन्दोलनको ठूलो भूमिका रहेको उल्लेख गर्दै श्रमिक आन्दोलनमा कोइरालाको ठूलो योगदान रहेको बताए। 

यादवले भने,‘विस २००३ मा लोकतान्त्रिक आन्दोलनमा सहयोग पुर्याउनका लागि कोइरालाले विराटनगर जुट मिलमा श्रमिकको नेतृत्व गर्नुभएको थियो।’ 

प्रतिष्ठानका अध्यक्ष एवम् सांसद पुस्कर आचार्यले मजदुर आन्दोलनका कारण देशमा परिवर्तन भएको भन्दै मजदुरको समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell