PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

पोल गाड्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु



रासस

पोल गाड्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु

पर्वत : विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ। 

पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। पर्वतको मोदी गाउँपालिका– ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टाग्ने क्रममा अकस्मात विद्युत् प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी एकनाथ सुवेदीले जानकारी दिए। 

गाउँमा चार दिनदेखि विद्युत् अवरुद्ध भएको थियो। विद्युत् अवरुद्ध भएका बेला जानकारी दिएरै पोलमा चढेको भए पनि अकस्मात विद्युत् प्रवाह गरिदिएका कारण केसीको मृत्यु भएकोे हो।

मृतकका आफन्तले  नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको लापर्बाहीका कारण म भएको  आरोप लगाएका छन । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell