PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

भारत र चीनमा सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु, ३१ घाइते



रासस

भारत र चीनमा सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु, ३१ घाइते

नयाँदिल्ली/चीन: भारत र चीनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने कम्तीमा ३१ जना घाइते भएका छन्।

भारतको राजस्थान राज्यमा शनिबार भएको बस दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन्। 

उदयपुर सहरको नेहला गाउँ नजिकै बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु भएका नौ जनामध्ये छ जना महिलाको घटनास्थलमै ज्यान गएको थियो । अन्य घाइतेलाई उपचारका लागि नजिकैको स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ। 

उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन्। 

त्यसैगरी, चीनको हेबेई प्रान्तमा भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन्। 

स्थानीय प्रहरी अधिकारीले दिएको जानकारीअनुसार, मृतकमध्ये आठ जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पताल मृत्यु भएको हो। 

राष्ट्रिय राजमार्गमा पर्ने हऔंगमेइ टाउनसिपमा भएको दुर्घटनामा घाइते भएका सात वर्षदेखि ७० वर्षसम्म रहेको प्रहरीले जनाएको छ। तीमध्ये एक जनाको अवस्था जटिल रहेको अस्पतालको भनाइ छ। दुर्घटनाको कारण स्पष्ट भइनसकेकाले अनुसन्धान भइरहेको प्रहरीले 
 बताएको छ। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell