PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

म्याग्दीबाट पाँच मेट्रिकटन जडीबुटी निकासी



रासस

म्याग्दी : पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३र७४ मा करिब पाँच मेट्रिकटन जडीबुटी निकासी भएको छ। 

म्याग्दीका वन जंगलमा संकलन गरिएका १५ प्रजातिका चार हजार ७८४ दशमलव ७ किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसैगरी एक हजार २०० किलो अल्लो निर्यात भएको छ। 

जडीबुटी निकासीका लागि अनुमति दिएबापत  दुई लाख ५७ हजार ५५ राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए।

एक हजार ५०० किलो विषजरा, ६०० किलो नागवली पाउडर, २८६ किलो साधारण च्याउ, ६४० किलो भिरमह, ३०० किलो सुगन्धवाल, ४४९ किलो सतुवा निकासी भएको छ। 

यसैगरी बहुमूल्य जडीबुटी यार्सागुम्बा ३ दशमलव ७ किलो मात्र निर्यात भएको छ । म्याग्दीबाट निकासी भएका अन्य जडीबुटीमा मैन, निरमसी, कुट्की, अत्तिस, सिलाजित, लौठसल्ला, पदमचाल र वनलसुन रहेका छन्। 

आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी निकासी भएको थियो। यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यसमा  २० लाख अनुदान सहयोग गरेको छ। 

बेनी नगरपालिका– ९ मा रहेको निलपहरा सामुदायिक वन उपभोक्ता समूह र बेनपा– ३ मा रहेको हिमाली अल्लो कपडा बुनाइ उद्योगले  दशरदश लाख अनुदान पाएका हुन्। 

निलपहारा सामुदायिक वन उपभोक्ता समूहले थप दुई लाख लगानी गरेर टिमुर पिस्से, सुकाउने, तौलने र प्याकेजिङ गर्ने उपकरण खरिद गरेको छ।

हिमाली अल्लो कपडा बुनाइ उद्योगले पनि थप दुई लाख लगानी गरेर अल्लो कपडा निर्माणका लागि आवश्यक औजार र कच्चापदार्थ खरिद गरेको जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell