PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मेगा बैंकले बालगृहलाई दियो एक लाख



रासस

मेगा बैंकले बालगृहलाई दियो एक लाख

काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई एक लाख आर्थिक सहयोग गरेको छ। 

बैंकको आठौँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरे। 

वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा सक्रिय संस्थालाई बैंकले प्रत्येक वर्ष सो रकम सहयोग गर्दै आएको अध्यक्ष शाहले जानकारी दिए।

देशका विभिन्न स्थानमा ४७ शाखा रहेको बैंकले ५८ स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा तथा ५० एटिएम सञ्चालन गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मुलनाराका साथ सात वर्ष अगाडि दुई अर्ब ३३ करोड चुक्त पूँजीबाट स्थापना गरिएको बैंकको अहिले चार अर्ब ५८ करोड चुक्ता पूँजी पुगेको छ।

हकप्रद शेयर दुई अर्ब ५७ करोड जारी गर्ने तयारीमा रहेको संस्थाको टुरिजम डेभलपमेण्ट बैंकसँग एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एकीकरणपछि नौ अर्ब ५० करोडको चुक्ता पूँजी हुने जनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell