PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

शनिबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो



पहिलोपोस्ट

शनिबार दिउँसोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
तस्बिर : फाइल

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।

शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो। दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो।

पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि बिहानबाट मात्र पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।

सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ।

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि राजधानी प्रवेशको यो मुख्य मार्गहुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell