PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

नेमारको दुई गोलमा बार्सिलोनाको जित



पहिलोपोस्ट

नेमारको दुई गोलमा बार्सिलोनाको जित

पेरिस सेन्ट जर्मेन पिएसजी जाने हल्ला चलिरहेका बेला नेमारले दुई गोल गरेपछि अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा बार्सलोनाले युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ।

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत आइतबार बहान सम्पन्न खेलमा नेमारले पिहलो हाफमै दुई गोल गरेका थिए। १५औं मिनेटमा पहिलो गोल गरेकव नेमारले २६औं मिनेटमा दोस्रो गोल गरे।

कीर्तिमानी रकममा पिएसजी जाने बताएपनि नेमार बार्सिलोनाको अमेरिका भ्रमण टोलीमा समावेश थिए। लियोन मेसीसँगै नेमारले बार्सिलोनाको पिहलो रोजाईँमा खेलेका थिए।

युभेन्ट्सका लागि ६३औं मिनेटमा जर्जियो चिलेइनीले एक गोल फर्काए।

अर्को खेलमा टोटनहम हट्सपरले दश खेलाडीमा झरेको पिएसजीलाई ४-२ ले हरायो।

अन्तिम ८ मिनेटमा पिसएसजीले दुई गोल गर्दै जित हात पारेको हो। त्यसअघि एडिनसन काभानीको गोलमार्फत पिएसजीले पहिले अग्रता लिएको थियो। क्रिस्टियन एरिक्सन र एरिक डाएरको गोल मार्फत टोटनहमले अग्रता लियो। तर ज्याभिएर पास्टोरले गोल गरेपछि पिएसजीले पिहलो हाफमा खेल बराबरी गरेको थियो।

तर दोस्रो हाफको सुरुमै गोलकिपर केभिन ट्रयापले रातो कार्डको सामना गरेपछि पिएसजी दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउँदै टोटद्दहमका लागि टोबी एल्डरवाइल्ड र ह्यारी केनले गोल थपे।

यता इन्टरनेशनल कप अन्तर्गत चीनमा भएको खेलमा एसी मिलानले वायर्न म्युनिखलाई ४-० ले पराजित गर्‍यो। मिलानका लागि प्याट्रिक कट्रोनले २ तथा फ्रान्स यनिक केसे र हाकन चाल्हानोग्लुले एक एक गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell