काठमाडौं: अभिनेता निखिल उप्रेती दर्शकसँग अन्तरक्रियाको लागि हलहलमा पुगे। सनिबार काठमाडौं, भक्तपुर, ललितपुरसँगै बनेपासम्मका हल- हलमा पुगेर उनले आफ्ना फ्यान साथै दर्शकहरुसँग समय बिताए। विशेषत: फिल्म सार्वजनिक भएपछि कलाकाहरु हलमा पुग्ने गर्छन्। तर हाल उनको कुनै फिल्म प्रदर्शनरत छैन। किन पुगे त निखिल हलहलमा?
निखिल अभिनित तथा निर्मित फिल्म रुद्र आउँदो शुक्रबारबाट प्रदर्शन हँदैछ। त्यसैले फिल्म प्रचारका लदागि उनले दर्शकसँगको प्रत्यक्ष भेटलाई माध्यम बनाएका हुन्। उनी लगायल फिल्म युनिटको निर्देशक रामजी लामिछाने, एक्शन निर्देशक हिमाल केसी, वितरक गोपाल कायस्थसहित अन्य लिड कलाकारहरुलाई लिएर निखिल हल-हलमा पुगेका हुन्। दर्शकमाझ 'रुद्र'को बारेमा जानकारी गराए, फिल्म हेरेर साथ अनि मायालाई कायमै राख्न आग्रह गरे।
'रुद्र' टिम शनिबार राजधानी आसपासका दर्जन बढि हलमा पुगेको थियो। फिल्ममा निखिललाई पहिलो पटक भिलेनको रुपमा देखिंदैछन्। एक्सन लभ स्टोरी जनराको फिल्ममार्फत लिड अभिनेता विश्व र अभिनेत्री साराले डेब्यु गर्न लागेका हुन्।