PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

नवराज पराजुलीको कविता कन्सर्टले रुवायो अस्ट्रेलियाका नेपाली



पहिलोपोस्ट

नवराज पराजुलीको कविता कन्सर्टले रुवायो अस्ट्रेलियाका नेपाली

अस्ट्रेलियाको पर्थमा सनिबार भानु जयन्तिका अवसर पारेर कविता कन्सर्ट आयोजना भएको थियो। जहाँ कवि नवराज पराजुलीले आफ्नो प्रस्तुती दिए। नवराज पराजुलीको वाचनले उपस्थित दर्शक, स्रोतालाई भावुक बनायो। पर्थका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरले कन्सर्ट आयोजना गरेको हो।



कविता कन्सर्टमा कवि पराजुलीलाई बासुरीमा सम्यक महर्जन तथा किबोर्डमा स्थानीय प्रतिभा विभुषित घिमिरेले साथ दिएका थिए। कविता कन्सर्ट आयोजना गर्न अनेसासलाई नेप्लिज एसोसिएसन ओफ वेस्टर्न अस्ट्रेलियाले सहयोग गरेको थियो| मिडिया संयोजक गणेश घिमिरेले भने,'कवि पराजुलीले बाँसुरी र किबोर्डको धुनमा एकपछि अर्को गर्दै आफ्ना कविता वाचन गर्दै जाँदा सहभागीहरुका आँखा उत्तिकै रसाउँदै गइेरहेका थिए।' ५५ मिनेट कार्यक्रममा कवि पराजुलीले आफ्ना हिट ५ कविताहरु सुनाए। पराजुलीले 'हेब्बी बर्थडे', 'सगरमाथाको गहिराई', 'खोया', 'मोक्ष' लगायतका कविताहरु सुनाएका हुन्।

पर्थसँगै कविता कन्सर्ट अष्ट्रेलियाका अन्य शहरहरु सिड्नी, क्यान्बेरा, ब्रिस्बेन, एडिलेड र मेल्बर्नमा क्रमैसँग आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell