PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

'मिस एयरहोस्टेस नेपाल'को फाइनल अडिशन बाँकी



पहिलोपोस्ट

'मिस एयरहोस्टेस नेपाल'को फाइनल अडिशन बाँकी

काठमाडौं: मिस एयरहोस्टेस नेपाल २०१७ हुने भएको छ। प्रतियोगिताको लागि अन्तिम अडिशनको मिति सार्वजनिक भयो। अडिशन यहि आउँदो श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ।

फेशन ट्रेण्ड नेपाल द्वारा आयोजित तथा साहारा इन्टरनेशनल एयरहोस्टेस एकेडेमीको प्रस्तुतिमा हुने प्रतियोगिताको यसअघि दुई अडिशन भइसकेको छ। प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, एयरहोस्टेस बन्नमा सहयोग पाउने भएका छन्।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने बताइएको छ। प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइनेछ। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell