
काठमाडौँ : प्रहरीले दुई हजार ३६७ थान लागूऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ ।
नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौंको बूढानीलकण्ठबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ का पदम आले मगर छन्। उनीहरुको साथबाट प्रहरीले ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरेको छ। रासस