PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सिड्नीमा नेपथ्य ‘उत्सव’



पहिलोपोस्ट

सिड्नीमा नेपथ्य ‘उत्सव’

सांगीतीक ब्यान्ड नेपथ्य सांगीतिक यात्राको क्रममा अस्ट्रेलियामा छ। मेलबर्न र एडिलेड सहर पछि ब्यान्डले सिड्नीमा प्रस्तुती दिएको छ। ३ हजार दर्शकको उपस्थिती बिच तेस्रो कन्सर्ट सम्पन्न भएको हो।

‘नेपथ्यको लागि सिड्नी र सिड्नीका नेपालीहरुको लागि नेपथ्य असाध्यै आत्मीय सहर रहँदै आएको छ,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने,' सिड्नीमा यो हाम्रो चौथो कार्यक्रम हो। हरेकचोटी यहाँ बसोबास गर्ने नेपालीहरुले देखाएको मायाले त्यो अपनत्व अझ बढेको महसुस गराउँछ।’ सिड्नी बासी नेपालीले कार्यक्रमलाई हरेकपटक उत्सव जस्तो मनाएको उनले अनुभव गरेको बताए।



५ जुलाइबाट सुरु भएको सांगीतीक यात्राको सिड्नी कार्यक्रम शनिबार लुनापार्कमा सम्पन्न भएको हो। अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिए।

ब्यान्डको अर्को प्रस्तुती न्यूजिल्याण्डको अकल्याण्ड सहरमा जुलाइ २८ तारिखका दिन स्काइ सिटी थिएटरमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell