PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

किन निस्किएन कतार संकटको समाधान ?



रासस

किन निस्किएन कतार संकटको समाधान ?
फोटो श्रोतः dohanews.co

इस्तानबुलः कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन। यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन्। 

कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दीसमेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पठाएका थिए। 

पत्रमा कतारमाथि बिभिन्न शर्त राखिएको छ। ती मध्येका केही शर्तमा अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने र ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि राखिएको छ। तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन। 

कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ। त्यसै क्रममा कतिपय देशले कतारमाथि लचिलो हुन सकिने भनी दिएका अभिव्यक्तिहरु पनि सार्थक हुन सकिरहेको छैन। 

यसैबीच समस्या समाधानको पहलस्वरुप भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरुको भ्रमण गर्ने भएका छन्। उनीहरुले कतार र साउदी अरेबियाको भ्रमण गर्ने बताइएको छ। 

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले आइतबारदेखि नै सो भ्रमण गर्न लागेका जानकारी दिइएको छ। 

पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ। त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रीत हुने भएको उनको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन।

जुलाई २५ तारिखसम्म हुन लागेको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ । तर यसअघि भने टर्कीले मध्यस्थताको केही कुरा उठाएको छैन। 

कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन्। उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन। 

कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुगेका थिए। 

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिएको भएपनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन। 

रियादको भ्रमणपछि उनी कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुगेका थिए।रासस/सिन्ह्वा/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell