PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

हिन्दी फिल्मका नेताहरुको उदाहरण दिँदै प्रचण्डले भने- नेपालका नेता पनि त्यस्तै



आकाश क्षेत्री

हिन्दी फिल्मका नेताहरुको उदाहरण दिँदै प्रचण्डले भने- नेपालका नेता पनि त्यस्तै

काठमाडौं : पेरिसडाँडामा माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा गरिएका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुले स्थानीय चुनावमा गरेको खर्चको विश्लेषण गर्दै नेपालका नेता पनि हिन्दी फिल्मका नेताहरु जस्तै भएको बताए। 

स्थानीय चुनावमा एउटा गाउँपालिकाको उम्मेद्वारले पाँचदेखि सात करोडसम्म खर्च गरेको खुलासा गर्दै प्रचण्डले विभिन्न पार्टीका नेता त्यस्ता नेताहरुलार्इ हिन्दी फिल्ममा जस्तै अरुकै पैसाले चुनाव लड्ने र उनीहरुकै लागि काम गर्ने नेताको संज्ञा दिएका हुन्।

प्रचण्डले भने 'फिल्महरुमा यस्तै हुन्छ, विशेष गरी हिन्दी फिल्ममा नेतालार्इ चुनावका लागि अरुले नै पैसा दिन्छ र त्यो नेताले पनि उसकै भने बोमोजिम काम गर्छ, यदि नगरेमा मारिदिन्छ या अरु केही गर्छ।'  

यस्तो अवस्थामा गरिबहरुले चुनाव लड्न नपाउने र यसरी अगाडि आएका नेताहरुले नै पछि गएर भ्रष्टाचार गर्ने  समेत उनले बताए। 

'सर्वसाधारण जनताले प्रतिस्पर्धा नै गर्न नसक्ने गरी खर्चिलो र बोझिलो बन्न गएको वर्तमान निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत् सच्याउन पनि बैठकले सबै राजनीतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ', पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

माओवादी एकता 

कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रचण्डले बाबुराम, वैद्य आदि सबै माओवादी घटकहरुलाई एकता प्रक्रियामा आउन आग्रह गरेका समेत गरे।

माओवादी केन्द्रको बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य, र विप्लव आदिलार्इ एकता प्रक्रियामा आउन आग्रह गर्ने निर्णय भएको प्रचण्डले जानकारी दिएका हुन्। उनले एकतानै सबैभन्दा ठूलो शक्ति भएकाले आफूहरु एकताबद्ध भएर अगाडि बढ्ने बेला आएकोसमेत बाताए।

स्थानीय तहको चुनावले माओवादी केन्द्रलाई नै वैकल्पिक शक्तिको मूलधार बनाएको र अब आफूमा सबै माओवादी घटकलाई एकतावद्ध गराउने जिम्मा रहेको प्रचण्डले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell