PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राप्रपाले निर्वाचनलाई लक्षित गरी सप्तरी, सिरहा र धनुषामा भेला गर्ने



रासस

राप्रपाले निर्वाचनलाई लक्षित गरी  सप्तरी, सिरहा र धनुषामा भेला गर्ने

काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरी साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ। 

आगामी असोज २ गते प्रदेश नं २ मा हुने निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको बताइएको छ।

दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेपछि अब जनतासँग बृहत् अन्तक्र्रिया, घरदैलो, राजनीतिक भेलालगायत कार्यक्रम गरिने छ। 

पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिसकेको छ।

समितिले प्रदेश नं २ को स्थानीय तहमा क्रियाशील पार्टीका संगठनसँग समन्वय गरी स्थानीयवासी तथा तराई–मधेशका जनताको चाहना तथा भावना समेटेर चुनावी गतिविधि सञ्चालन गर्नेछ। 

पार्टीले लिएका नीति तथा सिद्धान्तबारे जनतालाई बुझाइने समितिका संयोजक तामाङले जानकारी दिए। समितिले पार्टीको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने छ। साउन १५ गते समितिको पूर्ण बैठक आयोजना गरिने बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell