PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

किन सुरु गर्‍यो उद्योग वाणिज्य महासंघले हटलाइन सेवा ? 



रासस

किन सुरु गर्‍यो उद्योग वाणिज्य महासंघले हटलाइन सेवा ? 

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले आजदेखि सीधा टेलिफोन सम्पर्क सेवा सुरु गरेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आज कार्यकालको तीन महिना पुगेका अवसरमा सिधासम्पर्क (हटलाइन) टेलिफोन सेवा १६६००१०००१८ को शुभारम्भ गरिन्। 

अध्यक्ष राणाले उद्योगी, व्यवसायी र संघका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र अभिलेख राख्ने उद्देश्यबाट सीधासम्पर्क सेवा सुरु गरेको बताइन्। सिधासम्पर्क सेवा हाल १० बजेदेखि ५ बजेसम्म गर्न सकिन्छ। 

राणा महासंघको ५१ औँ महाधिवेशनबाट २०७३ चैत २९ गते अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् राणाले कार्यकालको तीन महिनामा महासंघको संस्थागत विकासमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरेको जानकारी दिए। 

सो अवसरमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आयात, निर्यात व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग र नेपाली श्रमिकको रोजगारका विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रतिनिधिसँग छलफल भएको बताए। 

महासंघले हालसालै चीनमा सम्पन्न पुनर्निर्माण र लगानीसम्बन्धी कुन्मिङ् सम्मेलनमा सहभागिता जनाएको थियो।

संघले प्रदेश १ र २ मा समृद्ध परियोजना सञ्चालनमा ल्याउने भएको छ। विशेष गरी विदेशबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) साना तथा मझौला व्यवसायमा लगानी गर्न उद्योगी तथा व्यवसायीलाई उत्साही गर्न परियोजना सञ्चालनमा ल्याउन लागेको जानकारी दिइयो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell