PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

एसियन युथ तथा जुनियर भारोत्तोलनको उद्घाटन, खेलहरु सोमबारबाट

एसियन युथ तथा जुनियर भारोत्तोलनको उद्घाटन, खेलहरु सोमबारबाट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको आइतबार औपचारिक उद्घाटन भएको छ। नेपालमा अहिलेसम्म भएका आधिकारिक प्रतियोगिताहरुमध्ये सबैभन्दा ठूलो र धेरै राष्ट्रको सहभागी रहेको च्याम्पियसिपको परराष्ट्र मन्त्री कृष्ण बहादुर महाराले लगलखेलस्थित नेपाली सेनाको शारिरिक तालिम तथा खेलकुद केन्द्रमा उद्घाटन गरेका हुन्।

एसियाका कूल ३८ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको च्याम्पियनसिपका खेलहरु भने सोमबार देखि सुरु हुनेछ।

एसियन भारोत्तोलनको यो १९औं युथ, २४ औं जुनियर महिला तथा ३१औं जुनियर पुरुष च्याम्पियनसिप हो।

उद्घाटन समारोहमा सहभागि सबै राष्ट्रको मार्चपास गरिएको थियो भने नेपालकव संस्कृती झल्कने पञ्चकुमारी नाथ, लाखे नाच समेत देखाइएको थियो।

उद्घाटनका अवसरमा अन्तर्राष्ट्रिय भारोत्तोलन संघका अध्यक्ष डाक्टर थोमस अजान, अन्तर्राष्ट्रिय भारोत्तोलन र एसियन भारोत्तोलन संघ दुवैका महासचिव मोहम्मद जलुद लगायतको उपस्थिती थियो।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell