PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

फिना वर्ल्ड च्याम्पियनसिपमा नेपालका अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

फिना वर्ल्ड च्याम्पियनसिपमा नेपालका अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं : नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा भइरहेको १७औँ फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे। उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान् तोडेका हुन्।

हंगेरीमा आफ्नो हिटमा चौथो बनेका अनुभव समग्रमा ७४औं स्थानमा रहे। 

त्यस्तै पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान बनाएका शुभमले निर्धारित दूरी १ मिनेट ११.३४ सेकेन्डमा पूरा गरे। यसअघि १ मिनेट १२.२५ सेकेन्डको कीर्तिमान ओलम्पियन एलिस श्रेष्ठको नाममा थियो। एलिसले उक्त कीर्तिमान २००४ को एथेन्स ओलम्पिकमा बनाएका थिए।

यता आफ्नो हिटमा छैटौँ स्थानमा सकाएका शुभम समग्रमा ७०औं स्थानमा रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell