
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक मन्त्रिमण्डल विस्तारमा केन्द्रीत रहेको थियो। छलफलमा एक/दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ। रासस