PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

अफगानिस्तानमा ७० जना गाउँले अपहरित, सात जनाको हत्या



रासस

अफगानिस्तानमा ७० जना गाउँले अपहरित, सात जनाको हत्या

कान्दाहार : अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना सर्वसाधारण अपहरणमा परेका छन्। 

प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ। 

अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जना अझै पनि बेपत्ता रहेको कान्दाहार प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले एएफपीलाई जानकारी दिए। 

“तालिवान लडाकूहरूले ७० जना गाउँलेलाई उनीहरूकै घरबाट शुक्रबार अपहरण गरेका थिए, उनीहरू कान्दाहारदेखि तारिन्कोट राजमार्गमा पर्ने गाउँका बासिन्दा हुन्,” उनले भने, “उनीहरूमध्ये सात जनाको शव गाँउमै बिहानको समयमा भेटिएको छ।” 

अपहरितहरूको गाउँ तालिवान लडाकूहरूको प्रभाव बढी भएको क्षेत्र मानिन्छ । दक्षिण अफगानिस्तानको सबैभन्दा ठुलो शहरको रूपमा रहेको तारिन्कोट गरुज्गान प्रान्तको राजधानी पनि हो। 

तालिवान लडाकूहरूले गाउँलेहरूलाई अपहरण गर्नुको कारणका बारेमा अहिलेसम्म पनि केही एकिन हुन सकेको छैन। सरकारी अधिकारी र सुरक्षाकर्मीहरूले अपहरितहरूको खोजी गरी उद्धार गर्ने प्रयास भइरहेको जनाएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell