PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

पहिरोले सिन्धुपाल्चोकमा भोटेकोशी नदीको लार्चा पुल भाँचियो, यातायात आवागमन बन्द



पहिलोपोस्ट

पहिरोले सिन्धुपाल्चोकमा भोटेकोशी नदीको लार्चा पुल भाँचियो, यातायात आवागमन बन्द

चौतारा: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

विसं २०३८ मा आएका बाढीले तातोपानीस्थित मितेरी पुल र सो पुललाई बगाएको थियो। चिनियाँ सरकारको सहयोगमा करिब २ वर्षपछि सो पुल पुनः निर्माण भएको थियो। पुल भाँचिएपछि तातोपानीका बासिन्दालाई छिमेकी वडा र बाह्रबिसे आउनका लागि नाकाबन्दी नै लागेको स्थानीय समाजसेवी बहादुर शेर्पाले बताए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell