PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई हरायो



पहिलोपोस्ट

म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई हरायो

गोलकिपर डेविड डे हेअले दुई पेनाल्टी रोकेपछि म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई पेनाल्टीसुटआउटमा २-१ ले पराजित गर्दै इन्टरनेशनल च्याम्पियन्स कपमा दोस्रो जित हासिल गरेको छ।

अमेरिकाको लेभिज स्टेडियममा निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

पेनाल्टीमा युनाइटेडलाई जित दिलाउन हेनरिख मिखतर्यान र डाले ब्लाइण्डेले गोल गरे भने रियलका तर्फबाट लुइस क्वजाडाले मात्र गोल गरे।

गोलकिपर डे हेअले रियल मड्रिडका सुरुवाती दुई पेनाल्टी रोकेका थिए। उनले माटिओ कोभासिस र ओस्करको प्रहार रोके। रियलका कार्यवाहक कप्तान कसेमिरो र थियो हर्नाण्डेजको प्रहार पोष्ट भन्दा बाहिर गएको थियो।

यस्तै रियलका गोलकिपर फ्रान्सिस्को क्यासिल्लाले पनि युनाइटेडका दुई खेलाडीको प्रहार रोकेका थिए। तर टोलीको हार टार्न सकेनन्। उनले युनाइटेडका म्याक टोमिने र भिक्टोरको प्रहार रोके। युनाइटेडका एन्टोली मार्टसएलको प्रहार भने बाहिरिएको थियो।

त्यसअघि जेस लिनगार्डले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएपनि कासेमिरोले रियलका लागि बराबरी गोल फर्काएका थिए।

लगातार दुई खेलमा जितपछि युनाइटेडले अमेरिकन प्रि सिजन टुरमा ६ अंक झोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell