PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

यू-१९ विश्वकप छनोट : सन्दीपको ७ विकेट, मलेसिया ८९ रनमा अलआउट



पहिलोपोस्ट

 यू-१९ विश्वकप छनोट : सन्दीपको ७ विकेट, मलेसिया ८९ रनमा अलआउट

काठमाडौं : कप्तान सन्दीप लामिछानेले फेरी ७ विकेट लिएपछि आइसीसी यू-१९ विश्वकपक छनोटमा नेपालले मलेसियालाई ८९ रनमा अलआउट गरेको छ।

सोमबार सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर ८९  रन बनाएको हो।

यसअघि पहिलो चरणमा सन्दीपले मेलेसिया विरुद्ध ५ विकेट लिएका थिए।

९.१ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै १३ रन खर्चेर ७ विकेट लिएका हुन्। शहाब आलमले २ विकेट लिए। मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक ४६ रन बनाए भने भिरनदीप सिंहले १० रन जोडे।

९० रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell