PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सेती नदीमा तैरिएको अवस्थामा दुईजनाको शव फेला



पहिलोपोस्ट

सेती नदीमा तैरिएको अवस्थामा दुईजनाको शव फेला

पोखराः  सेती नदीमा दुईवटा शव फेला परेका छन्। शुक्लागण्डकी ४ दुलेगाैंडाको रक गार्डेन नजिकको रहमा तैरिएको अवस्थामा शव भेटिएका हुन्।

स्थानीयले आइतबार साँझ शव पानीमा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। पानीमा तैरिएको शव मध्ये एक पुरुष र एक महिलाको रहेका प्रहरीले जानकारी दिएको छ। 

गत सोमबार पोखरा लेखनाथ ३३ मा रहेको पशुपतिघाटमा नुहाने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव हुन सक्ने अनुमान गरिएको छ।

दाङ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ वर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार नुहाउने क्रममा बेपत्ता भएका थिए। 

यसअघि बुधबार साँझ संगीता नेपाली शव तनहुँको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको थियो। तर, सँगै बेपत्ता भएका ध्वनी नेपाली र सुनील परियार फेलापरेका थिएनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell