PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

इराकको एकबार प्रान्तमा हवाई आक्रमणमा परी दर्जनौँ आईएस लडाकूको मृत्यु



रासस

इराकको एकबार प्रान्तमा हवाई आक्रमणमा परी दर्जनौँ आईएस लडाकूको मृत्यु
फोटो श्रोतः alaraby.co.uk

बग्दादः इराकको एकबार प्रान्तमा भएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) का दर्जनौँ लडाकू मारिएका छन्।  

इराकी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। 

सिरियाको सीमा क्षेत्रमा पर्ने पश्चिमी एनबार आईएस लडाकूहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ। 

इराकको गुप्तचर निकायले आईएस लडाकूहरुले हातहतियारसमेत भण्डारण गरेका घरहरु, घरेलु हतियार बनाउने तथा उत्पादन गर्ने ठाउँ र आईएस लडाकूहरु बसिरहेका ठाउँलाई लक्षित गरि आक्रमण गरिएको जनाएको छ। 

सुरक्षा निकायद्वारा जारी वक्तव्यमा कुन समयमा हवाई आक्रमण भएको थियो भन्ने एकिन गरिएको छैन। आक्रमणमा कति मारिएका हुन भन्ने पनि स्पष्ट नभएको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell